दमक, बैशाख १५ । झापाको दमकस्थित नालामा एक व्यक्ति मृत फेला परेका छन् । मृतक मोरङ सुन्दरहरैँचा नगरपालिका १ का ५० वर्षीय अमर सुनुवार रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान अन्दाजी ६ बजे दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वपट्टि नालामा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए । उनका आफन्तसँग सम्पर्क भएको प्रहरीले जनाएको छ ।