२०८२ बैशाख १५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

टेलिकमको तार कट्दै गर्दा कनकाईबाट तीनजना पक्राउ


बिर्तामोड, बैशाख १५ । झापाको कनकाईस्थित सुरुंगा बजार आसपासमा नेपाल टेलिकमको तार काटिरहेको अपस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा गौरादह-५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की, झापा-६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी र कनकाई-४ बस्ने २८ वर्षीय सुरेश विक रहेका छन् ।

उनीहरुले हिजो राति अन्दाजी ८ः३० बजे कनकाई ३ सुरुङ्गास्थित पशुपति बोर्डिङ स्कुलअगाडि टेलिकमको तार काटिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई टेलिकमको तार र तार काट्ने सामग्रीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामाडमा राखिएको छ ।

Adv footer