
बिर्तामोड, बैशाख १५ । झापाको अर्जुनधारा नगरपालिका नगर उपप्रमुख प्रदेशस्तरीय खुला कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि विनय चौधरी र भोजबहादुर गुरुङको जोडीले जितेको छ ।
आज बिर्ता ब्याडमिन्टन हलमा भएको फाइनल खेलमा दिवस शंकर र विशाल तामाङको जोडीलाई सोझो सेटमा हराउँदै चौधरी र गुरुङले मेन्स डबल्सको उपाधि जितेका हुन् । विजेता उनीहरुले २१-१३ र २१-११ को सेटमा हराएका हुन् । उपाधिसँगै उनीहरुले नगद ४० हजार, ट्रफी र मेडल पाए ।
दोस्रो भएका शंकर र तामाङको जोडीले नगद २५ हजार, ट्रफी र मेडल पाए । तेस्रो भएका सुनिल कार्की र महेश खड्का तथा जुनोन राई र उत्सव उप्रेतीको जोडीले नगद १० हजार, ट्रफी र मेडल पाए ।
त्यस्तै, मेन्स डबल्स भेट्रान्सतर्फ पिदक आङदेम्बे र अनिल थाम्सुहाङ प्रथम भए । उनीहरुले नगद ३० हजार, ट्रफी र मेडल पाए ।

उनीहरुले सञ्जय भक्तराज र केबी गुरुङको जोडीलाई २१-१७ र २१-१४ को सोझो सेटमा हराए । दोस्रो भएका भक्तराज र गुरुङको जोडीले नगद २० हजार, ट्रफी र मेडल पाए ।
तेस्रो भएका ओम खड्का र रमेशप्रसाईं तथा उत्तम सिंखडा र राजेश उप्रेतीको जोडीले नगद ६ हजार, ट्रफी र मेडल पाए ।
त्यस्तै, पालिकास्तरीय कर्मचारीतर्फ सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक राजेश उप्रेती र सन्तोष राईको जोडी प्रथम भयो । उनीहरुले नगद २० हजार, ट्रफी र मेडल पाए ।

उनीहरुले प्रज्ज्वल ओझा र राजधन राईको जोडीलाई २१-१९ र २१-८ को सोझो सेटमा हराए । दोस्रो उनीहरुले नगद १० हजार, ट्रफी र मेडल पाए ।
तेस्रो भएका सूर्य कटवाल र दावा तामाङ तथा ओम खड्का र नवराज थापाको जोडीले नगद ४ हजार, ट्रफी र मेडल पाए ।
त्यस्तै, वडास्तरीय प्रतियोगितातर्फ शैलेन्द्र कुरुङबाङ र निरज सिलवालको जोडी प्रथम भयो । उनीहरुले नगद १५ हजार, ट्रफी र मेडल पाए ।
उनीहरुले नन्दहाङ नेम्वाङ र वीरबहादुर राईको जोडीलाई पहिलो २१-१४ सेट र तेस्रो २१-१८ को सेटमा हराए । नेम्वाङ र राईको जोडीले नगद १० हजार, ट्रफी र मेडल पाए ।
तेस्रो भएका सुमन राई र भूपेन्द्र गादार थापा र आशिष विष्ट र एल्सन गदाइलीको जोडीले नगद २५००, ट्रफी र मेडल पाए ।
महिलाको मैत्रीपूर्ण खेलमा मनिषा तामाङ र प्रभा काम्बाङको जोडीले अञ्जना राई र भावना चुडालको जोडीलाई हरायो ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।