२०८२ बैशाख १५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनका १०४ जना विद्यार्थी दीक्षित


मेचीनगर, बैशाख १५ । पूर्वकै अब्बल शैक्षिक थलो मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा भव्य दीक्षान्त समारोह आयोजना गरिएको छ ।

विद्यालयको सभाहलमा सोमबार आयोजित अभिभावकहरुको भव्य उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उद्देश्यले दीक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बताए । भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झनास्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको उनी बताउँछन् ।

विद्यालयमा अध्ययनरत कक्षा २ र ३ का १०४ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । अभिभावकको उपस्थितिमा उनीहरुलाई कालो टोपी, फूल र प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको हो ।

दीक्षान्त समारोहअन्तर्गत बुधबार कक्षा नर्सरीका ५१ जना, कक्षा ५ र ६ का १५३ जना विद्यार्थीलाई दीक्षित गरिने विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासक सावित्री सापकोटा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।

पौष्टिक आहारका कुरा

सोही अवसरमा बिएन्डसी अस्पतालले स्वास्थ्य सम्बन्धी जानकारी दिएको छ । यसअघि नै बिएन्डसी अस्पताल र इस्ट होराइजन विद्यालयबीच स्वास्थ्य सम्झौता भएको छ ।

सम्झौताअनुसार विद्यालयसँग जोडिएका विद्यार्थी, शिक्षक तथा कर्मचारीलगायतले उपचारमा विशेष छुट पाउनेछन् ।
बिएन्डसी अस्पतालका कार्यक्रम संयोजक गोविन्द खनालले खानपानका विषयमा अभिभावकहरुलाई जानकारी गराए । उनले आफ्ना नानीहरुलाई खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै, डक्टर निता श्रेष्ठले पौष्टिक आहारका विषयमा जानकारी गराएकी थिइन् ।

मन्टेश्वरी शिक्षा

त्यस्तै, नेपाल पुष्पाञ्जली मन्टेश्वरी शिक्षालयकी प्रिन्सिपल मिरा शर्माले अभिभावकले नानीहरुलाई गर्ने व्यवहारका विविध विषयमा प्रस्तुती दिएकी दिइन् । उनले आफ्ना नानीबाबुहरुलाई असल संस्कार सिकाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गरिन् ।

Adv footer