२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

छनोटमार्फत टिम बनाउँदै झापा क्रिकेट क्लब


बिर्तामोड, बैशाख १६ । झापामा क्रिकेटको विकासका लागि पाँच महिनाअघि गठन भएको झापा क्रिकेट क्लबले टिम निर्माणको तयारी सुरु गरेको छ ।

क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार झापा क्रिकेट क्लबको टिम छनोटमा सहभागी हुन खेलाडीहरुलाई खुला आह्वान गरेको छ ।

आज एक सूचना निकालेर क्लबले यही बैशाख २५ गतेभित्र आफ्नो नाम उपलब्ध गराउन इच्छुक खेलाडीलाई आग्रह गरेको छ ।

उपलब्ध नामबाट प्रशिक्षणमार्फत क्लबका लागि खेलाडी छनोट गरिने खेलाडी छनोट संयोजक विशाल अग्रवालले जानकारी दिए ।

छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर क्लबका लागि टिम बनाइने अध्यक्ष झाले झापा टुडेलाई बताए ।

Adv footer