२०८२ बैशाख १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले काटे ब्लेडले घाँटी


बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारामा एक युवाले श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जानकारी दिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले हिजो राति ९ः३० बजेतिर घरमा श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेका हुन् ।

घाइते टुडूलाई बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Adv footer