२०८२ बैशाख १७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा पिकअपको ठक्करबाट राजवंशीको मृत्यु


बिर्तामोड, बैशाख १७ । झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजे मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्डअन्तर्गत भद्रपुर–२ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बिआर ३७ भि २१२७ नम्बरको मोटरसाइकललाई मे. १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले दुवै सवारीसाधनसहित पिकअप चालक भद्रपुर–३ का ४४ वर्षीय पंकज सुवेदीलाई नियन्त्रणमा लिएको छ ।

Adv footer