२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सुरु


बिर्तामोड, बैशाख १८ । झापाको भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । झापा शाखाले ७५ लाख रुपैयाँको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको शाखा सभापति लोकराज ढकालले जानकारी दिए ।

अब एक पोका रगतबाट चारजनासम्मको आवश्यकता पूर्ति गर्न सकिने ढकालले बताए । शाखाको ५१ औँ वार्षिक साधारणसभासँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइएको हो ।

“रगतका विभिन्न तत्वलाई छुट्याउने कम्पोनेन्ट मेसिन स्थापना गरिएको छ”, ढकालले भने, “जसबाट रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस र प्लाज्मालाई छुट्याउन सकिन्छ, जसलाई जे आवश्यक छ अब त्यही दिन सकिन्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माण व्यवसायी महासंघको ६० लाख र रेडक्रस झापाको १५ लाख गरी ७५ लाखको लागतमा ल्याब स्थापना गरिएको हो । ल्याबलाई कोशी प्रदेशमै पहिलो अत्याधुनिक ल्याब दाबी गरिएको छ ।

भद्रपुरमा २०३९ सालमा सुरु भएको आकस्मिक रक्तसञ्चार सेवा केन्द्र हाल आधुनिक ल्याबसहितको रक्त सञ्चार सेवामा परिणत भएको छ । झापामा छवटा रक्तसञ्चार सेवामार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।

Adv footer