
मेचीनगर, बैशाख १८ । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा आज भएको प्रथम साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्ज्वल बस्नेत, रामबहादुर गुरुङ, किशोर उपरकोटी र विकुल खडिया चयन भएका छन् ।
गत माघमा दर्ता भएको संस्थाले दोस्रो नगरस्तरीय नकलबन्दा फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
यसैबीच, संस्थाले ५ लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने घोषणा गरिएको छ । अक्षकोषको ब्याजबाट नकलबन्दा स्पोर्टिङ क्लबको दीर्घकालीन आर्थिक स्थायित्व कायम राख्ने, युवा विकास, प्रशिक्षण, प्रतियोगिता सम्पन्न गर्न, पूर्वाधार तथा सामाजिक उत्तरदायित्वमा खर्च गर्ने जनाइएको छ ।