२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-२ को निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले लिए सेवा


बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा चरापाने बेलडाँगीस्थित वडा कार्यलयमा आयोजना भएको महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच तथा सचेतना कार्यक्रममा १६० जना सर्वसाधारणहरुले सेवा लिएको वडा अध्यरष किशोर पौडलले बताए ।

विपन्न मजदुर वर्गलाई सेवादिने उद्देश्य राखेर आयोजना गरिएको शिविरमा ११६ जनाको क्यान्सर पहिचान स्क्रिनिङ र फिजिसियन सेवातर्फ ११० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा बिएन्डसी अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा स्त्रीरोग डक्टर रागिनी जैसवाल, फिजियिन डक्टर नरु महर्जनले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमै आयोजना भएको सचेतना परामर्श कार्यक्रमको सहजीकरण नर्स प्रतिमा कार्कीले गरेकी थिइन् ।

सेवाग्राहीहरुलाई छिटो सेवा दिनको लागि अस्पतालका स्वास्थ्यकर्मीहरु अनिता पौडेल, कौशिला राजवंशी, अनिस्का श्रेष्ठ र अस्पताल प्रसाशनबाट खेम घिमिरे र अरुणा लकान्द्री खटिएका थिए ।

वडा अध्यक्ष पौडेलको अध्यक्षतमा आयोजित शिविरको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाले गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि निला गौतम, शर्मिला राजवंशी, ओमनाथ गौतम, चेतन बिमली चारपाने स्वाथ्य केन्द्र प्रमुख प्रेमप्रसाद पाण्डेको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव हिमा खनाल पोखरेलले गरेकी थिइन् ।

Adv footer