बिर्तामोड, बैशाख १९ । झापाको झापा गाउँपालिकाका एकजना स्थानीयबासीको घरमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आज दिउँसो १ः३० बजे झापा गाउँपालिका वडा नम्बर ७ झागडटोल बस्ने गोविन्दसिंह क्षेत्रीको टाटीबेरा, फुसको छानो भएको भान्सा घर र सँगै जोडिएको गाई गोठमा आगलागी भएको थियो ।
प्रहरी चौकी शरणामती र स्थानीयबासीको सहयोगमा आगो २ः४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट गोठ, भान्सा घरमा रहेको भाडावर्तन पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ५० हजार रुपैयाँबारबरको क्षति भएको छ ।