२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने


बिर्तामोड, बैशाख १९ । संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । शुक्रबार जारी भएको नीति तथा कार्यक्रममा उक्त विषयहरू समावेश गरिएको हो ।

त्यस्तै, विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ ।

खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोडिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने कुरा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ ।

Adv footer