२०८२ बैशाख २१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग


बिर्तामोड, बैशाख २१ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।

व्यवसायीको हितका लागि स्थापना गरिएको कोषको प्रशंसा गर्दै उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आपत विपतमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँ बरावरको कोष स्थापना गरेको छ ।

सो कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफूले जन्म दिनमा ५१ हजार एक सय रुपैयाँ सहयोग गरिरहने अध्यक्ष गिरीले बताए ।

कञ्चन निर्माण सेवाका सञ्चालक समेत रहेका गिरी सामाजिक क्षेत्रमा सक्रिय छन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्नो जन्मदिन मनाउँदै अरुलाई समेत सहयोग पु¥याउन आग्रह गरे ।

सो अवसरमा अध्यक्ष गिरीलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रसहित सम्मान गरेको छ ।

सो सम्मान संघका अध्यक्ष न्यौपाने, व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे राजु, संघका महासचिव कुशल खतिवडाले संयुक्त रुपमा प्रदान गरेका थिए ।

Adv footer