२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा टिप्पर दुर्घटनामा पैदलयात्री र चालक घाइते


दमक, बैशाख २२ । झापाको दमकमा टिप्परले ठक्कर दिँदा एकजना महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा गौरादह-४ की ४८ वर्षीया सीता बर्देवा रहेकी छन् ।

पैदलयात्री उनको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएकोे छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ ।

दुर्घटनापछि टिप्पर चालक भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ९ः१० बजे दमक-५ लिङदेन मार्गस्थित पूर्वपश्चिम लोकमार्गमा प्रदेश १–०२–००१ क ५२१९ नम्बरको टिप्परले उनलाई ठक्कर दिएको थियो ।

यसैबीच, आज बिहान अन्दाजी ७ बजे दमक-९ अर्नाखाडीमा चिया दोकानबाट अर्नाखाडीतर्फ जाँदै गरेको मे. १ क ७८४ नम्बरको टिप्परको ढोकाबाट झरेर चालक दमक-१ बस्ने ५५ वर्षीय निमा शेर्पा गम्भीर घाइते भएका छन् ।

ढोका नलगाई टिप्पर चलाइरहेको अवस्थामा चालक शेर्पा टिप्परबाट झरेका हुन् । ढाड र टाउकोमा चोट लागेका घाइतेको आम्दा अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer