
बिर्तामोड, बैशाख २३ । सुकाएको लुगा राति उठाउने क्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एकजना प्रहरी जवानलाई सर्पले डसेको छ ।
सर्पको डसाइबाट प्रहरी जवान मीनराज मगर घाइते भएका छन् । सर्पले बायाँ घुँडामुनि डसेर घाइते भएका मगरलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली भर्ना गरिएको छ ।
हिजो राति ११ः१० बजे सुकाएको लुगा उठाउन जाँदा मगरलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्युठान नोबैनी गाउँपालिका ८ घर र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत दरबन्दी भई मगर हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका छन् ।