२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सडक दुर्घटनाः नौ महिनामा ७० जनाको मृत्यु


बिर्तामोड, बैशाख २३ । झापामा नौ महिनामा सडक दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म भएका ९६६ सवारी साधन दुर्घटनाबाट ७० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।

उनका अनुसार नौ महिनामा दुर्घटनामा ११७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारी साधन दुर्घटना भएका छन् ।

सबैभन्दा धेरै ८७६ मोटरसाइकल, १६२ टेम्पो, १४१ जिप तथा कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सातवटा अन्य सवारीसाधन रहेका छन् ।

पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताए । उनका अनुसार कारबाहीबाट तीन करोड चार लाख दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

Adv footer