२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका कार्कीको कुवेतमा मृत्यु


बिर्तामोड, बैशाख २३ । झापा बिर्तामोडका एकजना युवाको कुवेतमा मृत्यु भएको छ । वैदेशिक रोजगारीमा रहेका बिर्तामोड–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको मृत्यु भएको हो ।

कार्कीको मृत्यु भएको खबर प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको मृत्युको कारण भने खुल्न नसकेको उनका बुबा ध्रुवराज कार्कीले बताए ।

डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि उनी काठमाडौँको ओमेगा इन्टरनेसनल म्यानपावर कम्पनीमार्फत कुवेत पुगेका थिए ।

उनी इटिसी कुवेत कम्पनीमा कार्यरत रहेका बताइएको छ । उनीसँगै अर्का एक नेपालीको पनि मृत्यु भएको जनाइएको छ ।

Adv footer