
बिर्तामोड, बैशाख २४ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडकी सबु चुडालले सहयोग गरेकी छन् ।
टिकटक कलेक्सन, चाइना मार्केट र बिरयानी हाउसकी सञ्चालक उनले आफ्ना श्रीमान शिव चुडाल जन्मदिनको अवसरमा संघलाई २१ हजार रुपैयाँ प्रदान गरेकी हुन् ।
संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार १११ रुपैयाँबराबरको चेक हस्तान्तरण गर्दै संघले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल हरेक जन्मोत्सवमा सहयोग गर्ने उनले बताइन् ।
चुडाल दम्पतीले आफू र परिवारका अन्य सदस्यको समेत जन्मदिन संघको कार्यालयमा आएर मनाउने प्रतिबद्धता जनाएका थिए ।
संघका सचिव राजकुमार शाहले सञ्चालन गरेको कार्यक्रममा राहत कोषमा रकम प्रदान गर्ने सबु र शिवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
कदरपत्र संघका अध्यक्ष न्यौपानेसहित कोषका संयोजक राजकुमार घिमिरेले संयुक्त रुपमा प्रदान गरेका थिए ।