२०८२ बैशाख २४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा किरात सामग्री बिक्री गर्ने साङकेन क्रिएसन सञ्चालनमा


बिर्तामोड, बैशाख २४ । झापाको बिर्तामोडमा सांस्कृतिक पहिचानयुक्त पोशाक, गहनालगायत सामग्रीको बिक्री गर्ने उद्देश्यका साथ साङकेन क्रिएसनको शाखा सञ्चालनमा आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, उपाध्यक्ष जीवनकुमार खड्का, किरात राई यायोख्या झापाका अध्यक्ष गणेश राई, किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भीममाया नेम्वाङ लगायतले शाखाको उद्घाटन गरे ।

आज एक कार्यक्रमका बीच हिकोलारोडमा साङकेन क्रिएसनको शाखा उद्घाटन गरिएको हो । साङकेन क्रिएसनमा किरात समुदायमा आधारित भेषभूषा, गहना, बाद्यवादन, खानाका परिकार लगायत सम्पूर्ण सामग्रीहरु उपलब्ध हुने शाखाका सञ्चालक गौरीमान राईले जानकारी दिए ।

किरात समुदायका चाडपर्व, संस्कार र सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु साङकेन क्रिएसनमा उपलब्ध रहेको सञ्चालक सुशीला राईले बताइन् ।

त्यस्तै, किरात बाहुल्य रहेको पूर्वी नेपालमा किरात समुदायका सामग्रीहरु हराउँदै गएकाले बिक्री वितरण सुरु गरिएको सञ्चालक सरु चाम्लिङले जानकारी दिइन् ।

५० लाख रुपैयाँको लगानीमा साङकेन क्रिएसनको शाखा सञ्चालनमा ल्याइएको सञ्चालक गौरीमान राईले बताए । उनले सांस्कृतिक पहिचान जोगाउन आफूले पसल सञ्चालनमा ल्याएको जानकारी दिए ।

Adv footer