२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला सहकारी संघले गर्‍यो पद हस्तान्तरण


बिर्तामोड, बैशाख २४ । झापा जिल्ला सहकारी संघको आठौँ अधिवेशनबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भएको छ ।

एक कार्यक्रमका बीच आज बिर्तामोडमा संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण भएको हो । निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेती, निर्वाचन संयोजक भण्डारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) महासचिवमा घनश्याम अधिकारी, नेपाल कृषि सहकारी संघकी मिनाकुमारी ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

महिला उपाध्यक्ष चम्फा खनाल सुवेदीले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश ढकालले धन्यवाद दिएका थिए भने सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले झापाका सहकारीलाई पर्यटन हबको रुपमा प्रवद्र्धन गर्नसके सहकारीले नयाँ रुप दिनसक्ने सुझाव दिएका थिए ।

यसअघि भएको निर्वाचनबाट अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, उपाध्यक्षमा नारायणप्रसाद भट्टराई, महिला उपाध्यक्षमा देवी निरौला बस्नेत, सचिवमा भवानीप्रसाद दंगाल, सहसचिवमा टसबहादुर श्रेष्ठ र कोषाध्यक्षमा केशव बस्नेत निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यहरुमा नारायण गौतम, प्रेमसागर सापकोटा, काशीनाथ घिमिरे, खुला महिला सदस्यहरु विन्दाकुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल र पुष्पा अधिकारी चम्लागाईं निर्वाचित भएका थिए ।

त्यस्तै, क्षेत्र नम्बर १ मा देविमाया अधिकारी, २ मा युवराज गौतम, ३ मा हरिकृष्ण अधिकारी, ४ मा तिलकप्रसाद सिंह राजवंशी र ५ मा पदम लिम्बू लिङदेन निर्वाचित भएका थिए ।

त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा चूडामणि ओझा, सदस्यमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजाल निर्वाचित भएका थिए ।

Adv footer