२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरबाट १५ लाख भारुसहित एकजना पक्राउ


मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीको एक टोलीले झन्डै १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

मेचीनगर-७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा १४ लाख ९९ हजार ७०० भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको हो ।

झापाको काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकमसहित उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक समुन पोखरेलले जानकारी दिए ।

बरामद नगदसहित उनलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

Adv footer