२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बाँसबारीलाई हराउँदै झापा एफसी आठौँ स्थानमा


बिर्तामोड, बैशाख २४ । बिर्तामोडको झापा फुटबल क्लबले जितको लामो खडेरी तोड्दै सहिद स्मारक बि डिभिजन लिगमा सफलता हात पारेको छ । झापाले आज बाँसबारी क्लबलाई २-० ले हरायो ।

एन्फा कम्प्लेक्समा आज भएको खेलको सुरुवातमा नै झापाले अग्रता बनाएको हो । नवौँ मिनेटमा शेरबहादुर धिमालले गोल गरे । पहिलो हाफ १-० को नतिजामा सकियो ।

झापाले दोस्रो हाफमा अग्रता दोब्बर बनायो । झापाले बाँसबारीलाई गोल गर्ने कुनै मौका नै दिएन । खेलको ९० औँ मिनेटमा असिमजङ्ग कार्कीले झापाको लागि अर्को गोल गरे ।

खेलको प्लेयर अफ द म्याच झापा एफसीका मनिष लिम्बू भए उनले नगद ७ हजार ५०० रुपैयाँ र ट्रफी पाए ।

यो हारले बाँसबारीलाई धक्का लागेको छ । ३ खेल बाँकी रहँदा बाँसबारीसँग १५ अंक रहेको छ । योसँगै उपाधि होड कमजोर बनेको छ । झापाको यो तेस्रो जित हो । ऊसँग १२ अंक रहेको छ ।

जितसँगै अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको झापालाई केही राहत मिलेको छ । १० औँ चरणको खेलको जितसँगै झापा हालका लागि आठौँ स्थानमा उक्लिएको छ ।

Adv footer