२०८२ बैशाख २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सहकारी बैंकका अध्यक्ष गिरीलाई बिर्तामोडमा सम्मान


बिर्तामोड, बैशाख २४ । राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार गिरीलाई झापाको बिर्तामोडमा सम्मान गरिएको छ । झापा जिल्ला सहकारी संघको आठौँ पद हस्तान्तरण कार्यक्रममा गिरीलाई सम्मान गरिएको हो ।

आज बिर्तामोडमा भएको कार्यक्रममा संघका निवर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका गिरीलाई सहकारी अभियानमा उत्कृष्ट योगदान गरेको जनाउँदै सम्मान गरिएको हो ।

गिरी कार्यकारी प्रमुख रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था पुँजी, शेयर सदस्य लगायत सूचकका आधारमा नेपालकै ठुलो सहकारी संस्था हो ।

Adv footer