
बिर्तामोड, बैशाख २५ । नेपालका लागि पहिलोपटक जुनियर तथा युथ विधामा एसियन च्याम्पियनसिपमा कास्य पदक दिलाएकी नरिका राई श्रीलंका जाने भएकी छन् ।
यसअघि सन् २०२१ मा संयुक्त राज्य इमिरेट्सको दुबईमा भएको एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी झापा भद्रपुरकी राई सोही प्रतियोगिताका लागि श्रीलंका जाने भएकी हुन् ।
मे १० देखि २४ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुने एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा राई सहभागी हुने बताइएको छ । उनले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।