२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु


बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ बजे खोटाङ केपिलासगढी गाउँपालिका–४ सिम्पानीस्थित आफन्तको घरमा पाहुना जाने क्रममा उनी अचानक भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

शुक्रराजले उपचारका लागि धरानतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । महिलाको शव जिल्ला अस्पताल दिक्तेलको शवगृहमा राखिएको छ । उनी भीरबाट अन्दाजी २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Adv footer