
बिर्तामोड, बैशाख २५ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।
कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कदरपत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सजितकुमार श्रेष्ठ, केन्द्रीय सदस्य कृष्ण ढकाल, संघका झापा सल्लाहकार संयोजक भानुप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी विजय श्रेष्ठ, निर्वाचन समितिका संयोजक गोपाल लामिछाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष अजयकुमार देवले स्वागत गरेका थिए ।
संघका द्वितीय उपाध्यक्ष कर्णबहादुर पौडेलले औचित्यमाथि प्रकाश पारेको अधिवेशन खुलासत्रको सञ्चालन संघका सचिव सिपी पाठकले गरेका थिए ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उद्देश्यले स्थापना भएको संघ गत २०८१ साउन २ गते विधिवत रुपमा दर्ता भएको हो ।
झापामा १५० म्यानपावर व्यवसाय कम्पनीका शाखा कार्यालय रहे पनि हालसम्म १०५ वटा मात्र संघमा आबद्ध रहेका छन् ।