२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ग्यालेक्सी स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन निर्वाचनमार्फत


बिर्तामोड, बैशाख २६ । झापा भद्रपुर-९ प्रणामीटोलको ग्यालेक्सी इङलिस स्कुलले मतदान प्रक्रियामार्फत विद्यार्थीको नेतृत्व चयनको गरेको छ । प्रत्येक विद्यार्थीको आवाज र मतदानलाई सशक्त बनाउने उद्देश्यसाथ निर्वाचन गरिएको हो ।

विद्यालयमा सम्पन्न निर्वाचनबाट स्कुल क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको सञ्चालक विवेक चम्लागाईंले जानकारी दिए ।

चम्लागाईंका अनुसार निर्वाचनबाट स्कुल क्याप्टेनमा सिर्जन तामाङ र भाइस क्याप्टेनमा ऋतिका राजवंशी चयन भएकी छन् ।

त्यस्तै, रेड च्यालेन्जर हाउसको क्याप्टेनमा अंश झा र ग्रिष्मा निरौला, भाइस क्याप्टेनमा अनिक नेपाल र झरना रामुडामु चयन भएका छन् ।

ग्रिन गर्जियोसको क्याप्टेनमा सञ्जीप राजवंशी र आर्जु गुरागाईं, भाइस क्याप्टेनमा विनिश दास र अंकित सुवेदी चयन भएका छन् ।

यल्लो भर्सटाइलको क्याप्टेनमा प्रनिल तामाङ र जेनिसा पराजुली, भाइस क्याप्टेनमा चिराग जजोडिया र प्रभा पराजुली चयन भएका छन् ।

त्यस्तै, ब्लु डाइनामाइटको क्याप्टेनमा लक्की ढुंगाना र रुजिसा सुवेदी, भाइस क्याप्टेनमा प्रवेग गिरी र युपिना लिम्बू चयन भएका छन् ।

Adv footer