२०८२ बैशाख २७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युवा जेनेरेसन कपको उपाधि बिर्तामोड युनाइटेडलाई


मेचीनगर, बैशाख २७ । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ ।

आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल अन्तरले हराउँदै बिर्तामोड च्याम्पियन बनेको हो । बिर्तामोडको जितमा एक मात्र निर्णायक गोल आशिक टुडूले गरे ।

उपाधिसँगै बिर्तामोडले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित ब्रदर्स एफसीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको प्लेयर अफ द म्याच आशिक टुडु भए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर अभिषेक बराल, उच्च गोलकर्ता मोहन टुडू, सर्वोत्कृट खेलाडी आशिष चापागाईं र उत्कृष्ट डिफेन्डर उपविजेता टिमका कप्तान डेबिन विक भए ।

हाम्रो न्यु जेनेरेसन क्लबले युवाहरुलाई खेलमा प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरेको आयोजक समितिका अध्यक्ष बुद्धहाङ लिम्बूले जानकारी दिए ।

Adv footer