
बिर्तामोड, बैशाख २७ । नारी सञ्चार गृह झापाको आयोजनामा ‘पत्रकारितामा नयाँ प्रविधि’ विषयक दुई दिने तालिम सुरु भएको छ । झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल साकोसको सभाहलमा तालिम सुरु भएको हो ।
गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईं र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख तथा कार्यक्रमका विशेष अतिथि महेन्द्रकुमार गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
तालिमको सहजीकरण आमसञ्चार विज्ञ तथा प्रशिक्षक भानुभक्त आचार्यले गरिरहेका छन् । उनले बढ्दो एआई र त्यसको प्रभावका विषयमा प्रशिक्षण दिइरहेका छन् ।
तालिममा झापाका २५ जनाभन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिम भोलि आइतबार समापन हुनेछ ।
बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको नारी सञ्चार गृह झापाकी सदस्य स्वस्तिका आचार्यले जानकारी दिइन् ।