
बिर्तामोड, बैशाख २८ । मानिसहरु आफ्नो वास्तविक उमेरभन्दा कमको देखिन खोज्छन् । तर, जीवनशैली राम्रो भएन भने त्यो सपना अधुरै रहन्छ ।
यदि तपाईं पनि ३० वर्षकी भइसक्नुभएको छ भने दैनिकीमा केही परिवर्तन गरेर १० वर्ष कमको जस्तो देखिन सक्नुहुन्छ । त्यसका लागि तपाईंले केही योगलाई आफ्नो जीवनमा समावेश गर्नुपर्ने हुन्छ ।
कपालभाँती
महिलाले कपालभाँती प्राणायाम अवश्य गर्नुपर्दछ । यसले शरीरमा कम भइरहेको तेजलाई बढाउने काम गर्छ । यसले उमेर बढ्दै गर्दा आउने समस्या कपाल झर्नु, सेतो हुनु, चाउरीपना आउनु जस्तोलाई पनि कम गर्छ ।
उज्जायी प्राणायाम
यो थाइराइड ग्ल्यान्डको प्राणायाम हो । उमेर बढेसँगै थाइराइड ग्ल्यान्डले काम गर्ने क्षमता कम हुन थाल्छ । उज्जायी प्राणायाम गर्नाले शरीरको सही विकास हुने गर्दछ ।
सूर्य नमस्कार
सूर्य नमस्कार १२ आसनको समूह हो । यो गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । तौल कम गर्न सहयोग पुग्नुका साथै शरीरलाई कसिलो तथा टोन्ड बनाउँछ । ३० उमेर कटेकाहरुका लागि यो एकदमै फाइदाजनक हुन्छ ।
छाला मोइस्चराइज गर्ने
छालालाई जवान बनाइराख्न मोइस्चराइज गर्नु एकदमै जरुरी हुन्छ । यसले छालामा चमक दिइरहन्छ र चाउरीपना आउँदैन ।