२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली विद्यार्थीलाई कोरियाको एनओसी बन्द


बिर्तामोड, बैशाख २८ । सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) नदिने भएको छ ।

कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी बन्द गरिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवराम सापकोटाले सिओलस्थित दूतावासको सिफारिस र परराष्ट्र मन्त्रालयको पत्र आइपुगेको र सोबमोजिम कोरियाको एनओसी ‘अस्थायी सस्पेन्ड’ गरिएको बताए ।

तर, जुन–जुलाई इन्टेकका विद्यार्थीको समस्याबारे शिक्षामन्त्रीलाई अवगत गराइएको र मन्त्रालयबाट निर्णय हुन बाँकी रहेको सापकोटाले जानकारी दिए ।

वैशाख १७ गते सिओलस्थित नेपाली दूतावासका द्वितीय सचिव जेनिम अधिकारीले परराष्ट्र मन्त्रालयलाई ३ पृष्ठ लामो पत्र लेखेर कोरियामा भाषा अध्ययन र अन्डर ग्राजुयटमा जाने विद्यार्थीको समस्या विकराल भएको र उनीहरू ठगिएको भन्दै एनओसी बन्द गराउन सिफारिस गरेका थिए ।

कन्सल्टेन्सीहरूले भनेजस्तो अवस्था नहुँदा र आर्थिक अभावले गर्दा १८/१९ वर्षका विद्यार्थीहरू ‘लिभिङ टुगेदर’ मा बस्ने र केही समयपछि शारीरिक रूपमा शोषणमा परेको भनी गुनासो गर्न आउने गरेको दूतावासले जनाएको छ ।

कोरियामा डि टु र डि फोर भिसाका नाममा अन्डर ग्राजुयट अध्ययनका लागि विद्यार्थी नपठाउन र एनओसी नदिन दूतावासले सिफारिस गरेको छ ।

Adv footer