
बिर्तामोड, बैशाख २८ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले शिवसताक्षीको खानेपानी संरचनाको स्थलगत अवलोकन गरेका छन् ।
मन्त्री कार्कीले आज शिवसताक्षी–९ संगमचोकमा रहेको संगम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी संरचना अवलोकन गरेका हुन् ।
समितिका अध्यक्ष धनबहादुर थेबेका अनुसार हाल सो खानेपानी योजनामा २ वटा पम्प बोरिङ, फिल्टर र कम्प्रेसर रहेको छ । उपभोक्तका लागि १६० धारा जडान भइसकेको छ भने एक हजार ४०० धारा वितरणको तयारीमा रहेको छ ।
समितिले खानेपानीको संरचना थप गर्न तथा शुद्ध पानीका लागि फिल्डर लगायत अन्य उपकरण जडानका निम्ति मन्त्री कार्कीलाई आग्रह गरिएको थेबेले बताए ।