बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोड आसपासमा मेघगर्जनसहित वर्षा सुरु भएको छ । वर्षा हल्का भए पनि कालो बाक्लो बादलसँगै हावा चलिरहेको छ ।

आकाश गड्याङगुडुङ गर्दै वर्षा सुरु भएपछि झापासहित तराईबासीले केही राहत महसुस गरेका छन् । दिनभरिको अत्यधिक गर्मीले आजित बनेका मानिसहरुले वर्षासँगै शितलता पाएका छन् ।

पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले पूर्वी नेपालमा वर्षा हुने अनुमान गरिएको छ ।
