२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा पौडेलको घरमा आगलागी


बिर्तामोड, बैशाख २९ । झापाको भद्रपुरमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आज बिहानको राति २ बजे भद्रपुर ९ जमदारचोक बस्ने गीता कार्की पौडेलको घरमा आगलागी भएको हो ।

पौडेलको टिनको छाना र बाँसको टाटीबेरा भएको भान्साघरमा विद्युत सर्ट भई आगलागी हुँदा भान्साभित्र रहेको अन्नपात, भाँडावर्तन, काठपात पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी घोडामाराबाट गएको प्रहरी टोली र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

Adv footer