२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बि डिभिजन लिग: जितसँगै झापा पाँचौँ स्थानमा


बिर्तामोड, बैशाख २९ । सहिद स्मारक बि डिभिजन लिगमा आज भएको दोस्रो खेलमा बिर्तामोडको झापा फुटबल क्लबले पुछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ ।

जितपछि झापा एफसी ११ खेलबाट १५ अंक जोडेर पाँचौँ स्थानमा उक्लेको छ । हारपछि नयाँबस्तीलाई रेलिगेसनको चर्को दबाब परेको छ ।

पुछारमा रहेको नयाँबस्तीको ११ खेलबाट ८ अंक मात्र छ । अब बाँकी दुई खेल जिते पनि नयाँबस्तीले अन्य टिमको नतिजा पनि कुर्नुपर्नेछ ।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा झापालाई जित दिलाउन राजेश दाहालले दुई तथा बबिन बोहोराले एक गोल गरे ।

बबिनले पाँचौँ मिनेटमै गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । राजेशले ३९औँ मिनेटमा झापाको अग्रता दोब्बर पारे ।

खेलको पाँचौँ मिनेटमा बबिनको गोलमार्फत झापाले अग्रता लिएको थियो । ३९औँ मिनेटमा राजेशले टोलीको अग्रता दोब्बर बनाए ।

नयाँबस्तीका लागि सुमन योङयाले ६८ औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने संकेत गरेका थिए । तर, राजेशले ८५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै झापाको जित पक्का गरे ।

खेलको प्लेयर अफद म्याच दुई गोलकर्ता दाहाल भए । उनले नगद सात हजार ५०० र ट्रफी पाए ।

Adv footer