२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

लायन्स क्लब अनारमनीको अध्यक्षमा खरेल


बिर्तामोड, बैशाख ३० । लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा बिर्तामोडका युवा अभियन्ता सरोज खरेल चयन भएका छन् । उनी यसअघि संस्थाको उपाध्यक्ष थिए ।

त्यस्तै, प्रथम उपाध्यक्षमा सुनिता पोखरेल, द्वितीय उपाध्यक्षमा अस्विन देउजा, तृतीय उपाध्यक्षमा रितेन खरेल चयन भएका छन् ।

सचिवमा हेमन्त पाण्डे, कोषाध्यक्षमा ललित धिमाल, सहसचिवमा सिर्जन अधिकारी, सहकोषाध्यक्षमा प्रतिक न्यौपाने चयन भएको निर्वतमान अध्यक्ष शर्मिला जोशीले बताइन् ।

बिर्तामोडको सबैभन्दा पुरानो सो लायन्स क्लबको बोर्ड डाइरेक्टरहरुमा कुमार हाङछेन राई, रविन्द्र भट्टराई, राजेश दाहाल, डक्टर गौरीशंकर झा, महेश जोशी, पंकज अग्रवाल, मिलन उप्रेती, श्वेता बुढाथोकी चयन भएको नवनिर्वाचित अध्यक्ष खरेलले बताए ।

Adv footer