२०८२ बैशाख ३० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका शिवाकोटी बैंकिङ कसुर आरोपमा पक्राउ


बिर्तामोड, बैशाख ३० । झापा बिर्तामोडका पुराना वैदेशिक रोजगार व्यवसायी भानु शिवाकोटी बैंकिङ कसुर आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

अञ्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका पूर्वअध्यक्ष शिवाकोटी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले आइतबार पक्राउ गरी सोही दिन जिल्ला प्रहरी कार्यालय झापा पुर्याएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

बिर्तामोड–३ का कुमार दाहालले ११ लाख रुपैयाँको चेक बाउन्स गरेको आरोपमा शिवाकोटीमाथि उजुरी दिएको प्रहरीले जनाएको छ ।

Adv footer