२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय


दमक, जेठ २ । सरकारले दमकमा निर्माण सम्पन्न भएको दमक व्यापारिक कम्प्लेक्स (दमक भ्यु टावर) शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सहरी विकास मन्त्रालय अन्तगैत रहेको भ्यु टावर सरकारले डेढ अर्ब रुपैयाँ खर्च गरेर बनाएको हो । यसको सञ्चालन मोडालिटी अझै टुंगिसकेको छैन ।

व्यावसायिक केन्द्र बनाउने भनिएको टावर १ सय मिटर अग्लो बनेको छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असार २७ गते उक्त टावरको शिलान्यास गरेका थिए ।

१८ तलाको भ्यु टावर ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज बनाउन सक्ने कप्लेक्सको भुइँतलामा ४० वटा चारचक्के र दुई सयवटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल छ ।

Adv footer