२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा टिभिएसको एक्सचेन्ज मेनिया हुँदैः कम्तिमा ३० हजार पक्का


बिर्तामोड, जेठ २ । बिर्तामोडस्थित टिभिएस दुई चक्के सवारीसधानको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

जेठ ४ गतेदेखि ९ गतेसम्म बिर्तामोडस्थित हनुमाननगरमा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन प्राप्त गर्न सकिने सञ्चालक याम कार्कीले बताए ।

कार्यक्रमका बारेमा जानकारी दिँदै सञ्चालक कार्कीले भने, “हाम्रा ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिँदै छौँ । गुडे पनि नगुडे पनि जुनसुकै बाइक वा स्कुटर ल्याउनुहोस् अनि ३० हजारसम्मको भ्यालुयसन पाउनु होस्।”

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप मूल्य ८ हजारसम्मको नगद छुट, ७.९९% ब्याजदरमा १८ महिनासम्मको इएमआइ सुविधा, र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्ने सञ्चालक सजेश शिवाकोटीले बताए ।

कार्यक्रममा सहभागी भएर क्युआर कोड स्क्यान गर्ने ग्राहकहरूले थप उपहार जित्ने अवसर पनि पाउनेछन् ।

Adv footer