२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

निजामती संगठन बिर्तामोडको अध्यक्षमा तामाङ


बिर्तामोड, जेठ २ । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन् । तामाङ बिर्तामोड नगरपालिकाको लेखा शाखा प्रमुख हुन् ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, संगठनको उपाध्यक्षमा साजन राई, सचिवमा टिका अधिकारी, सहसचिवमा रुपमान थलङ, कोषाध्यक्षमा हिमा खनाल, सदस्यहरुमा अनु मोते, राजेन्द्र अधिकारी, सुजित शाह, गणेश तिम्सिना, पदमराज घिमेरे, दिपेश गणेश, जानुका बस्नेत, बद्री ढकाल चयन भएका छन् ।

प्रमुख अतिथि पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य जय तिम्सिनाले ब्यानर वाचन गरेर अधिवेशनको उद्घाटन गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिका पूर्वउपाध्यक्ष देवराज कार्की, केन्द्रीय सदस्य वशिष्ठ अधिकारी, छवि ढकाल, पेशागत महासंघ नेपाल झापाका अध्यक्ष तुलसी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Adv footer