२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड युनाइटेड रारा गोल्डकपको फाइनलमा


बिर्तामोड, जेठ २ । झापाको बिर्तामोड युनाइटेड एफसी १२औँ राजारानी (रारा) गोल्डकपको उपाधि नजिक पुगेको छ । मौसम लिम्बूको ह्याट्रिक मद्दतले बिर्तामोडले फाइनल यात्रा तय गरेको हो ।

आज भएको पहिलो सेमिफाइनल खेलमा गोल्डेन स्टार एफसी सुनसरीलाई ४-१ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड झापाले शानदार जित दर्ता गर्‍यो ।

उसका लागि मौसमको ह्याट्रिकसँगै परिवर्तित खेलाडी आर्यन राईले थप एक गोल गरेका हुन् । गोल्डेन स्टारका लागि सविन घिमिरेले सान्त्वना गोल गरे ।

खेलको प्लेयर अफ द म्याच ह्याट्रिक हिरो मौसम लिम्बू भए । उनले नगद ७ हजार ५ सय प्राप्त गरे । भोलि चर्च ब्वाइज युनाइटेड र एलएक्स सिटी एफसी मोरङबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

रारा एफसी धनकुटाले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन टोलीले नगद ७ लाखसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल जेठ ४ गते हुनेछ ।

Adv footer