२०८२ जेठ ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धरानमा युनिकमको नगर समिति


बिर्तामोड, जेठ ५ । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको धरान नगर समिति गठन भएको छ । युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको विशेष उपस्थितिमा समिति गठन भएको हो ।

धरानमा सम्पन्न भेलाले सुरज चौधरीको नेतृत्वमा ११ सदस्य नगर समिति गठन गरेको हो । समिति उपाध्यक्षमा सागर पौडेल, सचिव माया शाही, सहसचिव सिजन मास्के, कोषाध्यक्ष मनिता कटवाल र सहकोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा रामजीवन दास, कैलाश खड्का, झरना सुब्बा, पुनम थापा र जुना सुब्बा रहेका छन् । नगर भेलाको संयोजन युनिकम नेपाल सुनसरी जिल्लाले गरेको थियो ।

भेलामा सुनसरी अध्यक्ष कल्याणविक्रम दङ्गाल, सञ्चार संयोजक केशव भट्टराई, प्रदेश संयोजक पुण्यप्रसाद लुइँटेल, सुनसरी जिल्ला पूर्वअध्यक्ष भरत बस्नेत समेतको उपस्थिति रहेको थियो ।

Adv footer