२०८२ जेठ ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उप्रेती


बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा रहेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उद्यमी यशोदा उप्रेती चयन भएकी छन् । सन् २०२५-२६ का लागि उनी अध्यक्षमा चयन भएकी हुन् ।

त्यस्तै, क्लबका महिला सदस्यहरुको भेलाले प्रथम उपाध्यक्षमा सरु भुर्तेल खनाल, द्वितीय उपाध्यक्ष गोमा मैनाली खड्का, तृतीय उपाध्यक्ष पुनम घिमिरेलाई सर्वसम्मत चयन गरेको क्लबकी अध्यक्ष मञ्जु उप्रेतीले बताइन् ।

क्लबको सचिवमा शिला भट्टराई बराल, कोषाध्यक्षमा लीला दङ्गाललाई चयन गरेको छ । चार वर्षअघि स्थापना भएको क्लबको संस्थापक अध्यक्ष लीला सिटौला मैनाली हुन् ।

क्लबले बिर्तामोड, अर्जुनधारा लगातयका क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Adv footer