२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गोल्डकपको संरक्षकमा बिर्तामोडका प्रमुख र उपप्रमुख


बिर्तामोड, जेठ ७ । झापा गोल्डकपले बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखलाई गोल्डकप आयोजक समितिको संरक्षकको जिम्मेवारी प्रदान गरेको छ ।

झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले बिर्तामोड नगरप्रमुख र उपप्रमुखलाई संरक्षक राख्ने निर्णय गरेको हो ।

संरक्षकको रूपमा रहेका नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई गोल्डकपले औपचारिक पत्र समेत प्रदान गरेको छ ।

नगरप्रमुखको कार्यकक्षमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अध्यक्ष गिरीले प्रमुख र उपप्रमुखलाई संरक्षकत्वको पत्र सम्मानसहित प्रदान गरेको सचिवालय सदस्य केशव भट्टराईले जानकारी दिए ।

यसैबीच, झापा गोल्डकपले आगामी फागुनमा प्रस्ताव गरेको सातौँ संस्करणका लागि बिर्तामोड नगरपालिकासहित झापाका १५ वटै स्थानीय तहमा आफ्नो प्रस्तावना पत्र पेस गरेको छ ।

झापा गोल्डकपको सातौँ संस्करणलाई भव्यतापूर्वक सम्पन्न गर्न गोल्डकप आयोजक समितिले स्थानीय सरकारहरूसमक्ष सहयोगको अपेक्षासहित आफ्नो प्रस्तावना पत्र पेस गरेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडलले जानकारी दिए ।

Adv footer