बिर्तामोड, जेठ ७ । झापामा अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई–८ लक्ष्मीपुरका ४१ वर्षीया इन्दिरा प्रसाईं र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईं छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बुधबार बिहान २ः३० बजे कनकाईमा अनलाइन जुवा खेली÷खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मारेको थियो ।
प्रहरीले छापा मारेर उनीहरूको साथबाट ५ थान मोबाइल, २ थान ट्याब र एउटा ल्यापटप बरामद गरेको थियो । पक्राउ परेका आमाछोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्दै आइरहेको जनाइएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । आमा छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्ने गरेको जनाइएको छ ।