२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा बक्सिङ रेफ्री तालिम सुरु


बिर्तामोड, जेठ ७ । झापाको अर्जुनधारामा राष्ट्रियस्तरको बक्सिङ रेफ्री तथा जज तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले तालिमको उद्घाटन गरे ।

झापा जिल्ला बक्सिङ संघको आयोजनामा भएको तालिममा जिल्लाका चारजना महिलासहित २५ जना बक्सिङ प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

शनिश्चरे माविमा सञ्चालन हुने तालिममा मुख्य प्रशिक्षक आइटिओ पुष्करराज पन्तले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । तालिम जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।

संघका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष भण्डारी, अर्जुनधारा ८ का वडा अध्यक्ष तथा करातेका अन्तर्राष्ट्रि रेफ्री कुमार उप्रेती शुभकामना व्यक्त गरेका थिए ।

Adv footer