२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीमा विद्यालयको धाराको पानी पिउँदा १७ विद्यार्थी बिरामी, अस्पताल भर्ना


बिर्तामोड, जेठ ७ । झापाको बाह्रदशीमा धाराको पानी पिएका एक निजी विद्यालयका १७ जना विद्यार्थी बिरामी भएका छन् । मिनी माउन्टेन इङलिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी बिरामी भएका हुन् ।

सो स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरुले आज दिउँसो २ बजे बाह्रदशी ६ स्थित सो स्कुलको धाराबाट पानी पिएका थिए ।

बिरामी विद्यार्थीहरुलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । विद्यालयका शिक्षकहरुले विद्यार्थी उपचारको लागि अस्पताल ल्याएका हुन् ।
पानी पिउँदा बिरामी भएका विद्यार्थीहरु

राजु किस्कुकी छोरी वर्ष ११ की सुमित्रा किस्क, राहुल विककी छोरी वर्ष १० की रेवन विक, ओमनाथ अधिकारीकी छोरी वर्ष ९ की प्रनिसा अधिकारी, उर्मीला बर्देवाकी छोरी वर्ष ९ की खुश्बु बर्देवा, राजेन्द्र सुन्दासकी छोरी वर्ष १० की सुप्रिया सुन्दास छन् ।

त्यस्तै, राजकुमार शर्माकी छोरी वर्ष १० की सेन्जे हाङमा शर्मा, नरेश गजुरेलकी छोरी वर्ष १० की मनिता गजुरेल, गोविन्द रिजालकी छोरी वर्ष ११ की बिना रिजाल, बेनु ढकालका छोरा वर्ष ११ का आदित्य ढकाल, मनकुमार राईकी छोरी वर्ष ११ की अरबिदा राई छन् ।

त्यस्तै, रेखा कार्कीका छोरा वर्ष ११ का सुशान्त कार्की, हरि कार्कीकी छोरी वर्ष ११ की प्रनिसा कार्की, नरेश मावोकी छोरी वर्ष १० की सृष्टि मावो, पप्पु साहकी छोरी वर्ष ११ की ग्रीष्मा शाह, विकास तामाङकी छोरी वर्ष ८ की अनुसा भुजेल, पदम भुजेलकी छोरी वर्ष ९ की ईसिका भुजेल, डम्बर लिम्बूकी छोरी वर्ष ९ की वर्षा लिम्बू छन् ।

Adv footer