२०८२ जेठ ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तामाको तार चोर्ने दुई भारतीय तारसहित पक्राउ


बिर्तामोड, जेठ ९ । प्रहरीले झापाको मेचीनगरस्थित सतिघट्टाबाट तामाको तार चोर्ने दुईजना भारतीय युवालाई तारसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल भारत सीमावर्ती बजार पानिट्यांकी बस्ने २७ वर्षीय तापच वर्मन र सोही ठाउँका २२ वर्षीय अमित सरकार रहेका छन् । उनीहरुलाई चिया बगानमा प्रहरी चौकी सतिघट्टाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरतर्फ जाँदै गरेका उनीहरुमाथि प्रहरीले जाँच गर्दा चोरी गरेर ल्याएको तामाको चार मुठा तार भेटिएको थियो । अन्दाजी एक किलो सो तारको मूल्य ८० हजार रुपैयाँ रहेको छ ।

वर्मन र सरकारले सो तार मेचीनगर १३ को चारआली आसपासबाट चोरेको प्रहरीको प्रारम्भिक सोधपुछमा बताएको प्रहरीले जनाएको छ ।

चारआली क्षेत्रमा चार चोरेको बयानपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

नेपाल टेलिकम धुलाबारी शाखाले समेत बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएकाले वर्मन र सरकारलाई ५ को म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

Adv footer