२०८२ जेठ ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीलाई विद्युत प्रधिकरणको ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’ सम्मान


बिर्तामोड, जेठ ९ । झापा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई नेपाल विद्युत प्राधिकरणले अत्यन्त महत्वपूर्ण उपभोक्ताद्वारा सम्मान गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरले एक कार्यक्रमका बीच बिएन्डसीलाई अत्यन्त महत्वपूर्ण उपभोक्ताको सम्मान प्रदान गरेको हो ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार २०८१ मा उच्चतम विद्युत खपत र नियमित विद्युत महसुल भुक्तानीका आधारमा बिएन्डसीलाई सम्मान गरिएको हो ।
कोशी प्रादेशिक कार्यालयअन्तर्गत बिएन्डसीसहित उत्कृष्ट १० अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गरिएको कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

Adv footer