
बिर्तामोड, जेठ ९ । कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत झापाको अर्जुनधारामा जारी प्रतियोगितामा १६ जना फाइनलमा प्रवेश गरेका छन् । ७ महिला र ९ पुरुषले उपाधिका लागि खेल्ने छन् ।
आज भएको उद्घाटन कार्यक्रममा पुरुष ९१ केजीमा झापाका रिजन श्रेष्ठलाई हराउँदै उदयपुरका पुष्पलाल न्यौपानेले स्वर्ण पदक जिते । उनीहरु सोझै फाइनलमा प्रवेश गरेका थिए ।
आज भएको प्रतियोगितामा मुक्केबाजहरु फाइनलमा प्रवेश गरेका छन् । उपाधिका लागि उनीहरु आआफ्नो तौल समूहमा भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैबीच, झापा जिल्ला खेलकुद विकास समितिको आयोजना, प्रदेश खेलकुद विकास बोर्डको सहयोग, अर्जुनधारा नगरपालिकाको संयोजन तथा झापा जिल्ला बक्सिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देनले शुभकामना व्यक्त गरेका थिए । आयोजक अध्यक्ष भेषराज भण्डारी प्रशान्तले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।